राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा-कुशल उद्योगहरूलाई पहिलो चरणको वित्तीय अनुदान वितरण

२०८२ श्रावण २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२ साउन । नेपालको औद्योगिक क्षेत्रमा दिगोपन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBBL)  ले ऊर्जा दक्षता उपाय अवलम्बन गरेका उद्योगहरूलाई पहिलो चरणको अनुदान रकम वितरण गरेको छ। अनुदान वितरण कार्यक्रम बिहीबार बैंकको केन्द्रीय कार्यालय, काठमाडौंमा सम्पन्न भएको हो ।

बैंकले १० वटा उद्योगलाई कूल २९ मिलियन रुपैयाँ बराबरको अनुदान प्रदान गरेको छ। ती उद्योगहरूले स्वीकृत ऊर्जा लेखाजोखा प्रतिवेदनअनुसार विभिन्न ऊर्जा बचत कार्यक्रम लागू गरेपछि उक्त अनुदान प्राप्त गरेका हुन्। यी उपायबाट दीर्घकालीन आधारमा झण्डै ३६,७८८ मेगावाट घण्टा बराबर ऊर्जा बचत हुने अनुमान गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा हरित औद्योगिक विकासको लक्ष्यमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस कार्यक्रम Renewable Energy and Energy Efficiency Programme – Green Recovery and Empowerment with Energy in Nepal (REEEP-GREEN) अन्तर्गत सञ्चालनमा आएको हो। युरोपियन युनियन र जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को सह–वित्तीय सहयोगमा सञ्चालित यस कार्यक्रममार्फत औद्योगिक क्षेत्रमा उच्च ऊर्जा बचत सम्भावना भएका उद्योगलाई ऊर्जा लेखाजोखा सिफारिसअनुसारका योजनाहरु कार्यान्वयन गर्न अनुदान दिइन्छ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले दिगो वित्त तथा हरित अर्थतन्त्रमा बैंकको प्रतिबद्धता दोहोर्‍याउँदै यस कार्यक्रमले स्वच्छ, दक्ष र उत्तरदायी प्रविधि अपनाउन उद्योगहरूलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रुद्र खनाल, युरोपियन युनियन, जर्मन राजदूतावास, GIZ नेपालका प्रतिनिधि, ऊर्जा विज्ञ, उद्योगी र निजी क्षेत्रका संघसंस्थाहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय