काठमाडौं ११ साउन । नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति ,गण्डकी प्रदेशका पुर्व प्रमुख ,प्रजातान्त्रीक आन्दाेलनका अथक याेद्दा , समाजिक तथा शैक्षिक व्यक्तित्व पृथ्वीमान गुरुङको आज अन्त्यष्टि गरिने भएको छ ।
नेपाली काङ्ग्रेसका उपसभापति माननिय धनराज गुरुङले उहाकाे पार्थिक शरिरमा नेपाली काङ्ग्रेसकाे चारतारे झण्डा ओडाएर गहिराे समबेदना व्यक्त गर्नुभएको हाे ।


गुरुङकाे पार्थिक शरिर आइतबार विहान ११ बजे भरतपुर महानगरपालिका २६ दिव्यनगर स्थित निवासबाट शवयात्रा गरिने ११:३० बजे उपसभापति गुरुङले गुरुङकाे पार्थिक शरिरमा काङ्ग्रेसकाे चारतारे झण्डा ओडाएर पवित्र धाम देवघाटमा अन्त्यष्टि गरिने भएको छ । पृथ्वीमान गुरुङकाे निधन शनिबार विहान ८:४५ बजे ७६ बर्षकाे उमेरमा भएको हाे ।