एनआरएनए जापानको अध्यक्षमा सुभास लामिछाने निर्वाचित

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लक्ष्मण पाठक

जापान, १२ साउन ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको १२ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सुभास लामिछाने निर्वाचित हुनुभएकाे छ ।

आईतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले ५ हजार १ सय ९३ प्राप्त गर्नुभएकाे थियाे ।

एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको थियो । यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी हुनुभएकाे छ । उहाँका प्रतिद्वन्दी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी ९विश्व० ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । भने नारायण सुबेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल)ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गर्नुभयाे ।

आईतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सम्पन्न भएको थियो ।

यसैगरी नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन निर्वाचन भएको हो । जापानबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ८ जना सदस्य भने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । निर्विरोध चयन हुनेहरुमा कृष्ण केसी, टिकाराम कँडेल, रामबहादुर खत्री, शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की र रामबहादुर थापा रहेका छन् ।

यसैगरी लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिव ललिता तामाङ, महिला सहकोषाध्यक्ष कामना भण्डारी, महिला संयोजक मञ्जु बन र महिला सदस्यद्वय ईश्वरी अर्याल र सन्तोषी अधिकारी र लेखा तथा अनुशासन समितिको सदस्यद्वयमा कृष्णप्रसाद कँडेल र अशोक निरौला पनि निर्विरोध चयन भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय