सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १२ साउन । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय