स्याङ्जा प्रहरीको बार्षिक कार्य प्रगति विवरण सार्वजनिक

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १२ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बार्षिक कार्य प्रगति विवरण आईतबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रहरीले उपलब्धि गरेका विविध विषय अन्तरगत अपराध नियन्त्रण, फरार कसुरदार पक्राउ, आत्महत्या, सुरक्षा सरसफाई सम्बन्धी जनचेतना कार्यक्रम, विविध अवैध गतिविधि मा संग्लग्न व्यक्ति हरुबाट उठेको राजस्व संकलन, कानुनी कार्यान्वयन लगायत विविध प्रगतिका विषयमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले पत्रकार र प्रहरी बिच सार्वजनिक गर्नुभएको हो।

फरार अपराधीहरूलाई पक्राउ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा का प्रमुख एसपी न्यौपानेले लागू औषध नियन्त्रण, अवैध उत्खननमा कारबाही लगायतका कामलाई प्राथमिकता मा राख्दै प्रहरी अघि बढेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख न्यौपानेले गत आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार रहेका ११८ जनालाई पक्राउ गरिएको जसमा ९१ पुरुष र २७ महिला रहेको बताउनुभयो। समग्रमा उनीहरूले ४२ वर्ष १ महिना २९ दिन कैद सजाय भोग्नु पर्ने उल्लेख गर्दै १ करोड ८७ लाख ९९ हजार ८ सय ८५ रुपैयाँ जरिवाना तोकिएको बताउनुभयो। त्यसै गरी एस पि न्यौपाने ले चालू आर्थिक वर्षको पहिलो ११ दिनमै १९ जना फरार अभियुक्तहरू पक्राउ परेका र जस् अन्तर्गत १२ पुरुष र ७ महिला रहेको बताउनुभयो। एस पि न्यौपाने ले समग्रमा १९ जनाको ७ वर्ष ४ महिना ३ दिन कैद र ८ लाख ११ हजार ७ सय ३० रुपैयाँ जरिवाना रहेको उल्लेख गर्नुभयो।

वर्षादको समयमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने २५ वटा सवारी साधनलाई नियन्त्रणमा लिई ३ लाख ६० हजार राजस्व संकलन गरिएको उल्लेख गर्दै काठ तस्करी सम्बन्धी मुद्दामा काठ नियन्त्रणमा लिइएको र ५३ लाख भन्दा बढी मूल्यका अवैध खाद्य, लत्ताकपडा तथा कस्मेटिक वस्तुहरु नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

त्यसै गरी गाँजा फडानी अभियान अन्तर्गत गत आर्थिक वर्षमा १ सय २ रोपनी क्षेत्रफलमा २१ हजार ५ सय ५३ गाँजाका बोट नष्ट गरिएको जानकारी गराउँदै चालू आर्थिक वर्षमा ५५ रोपनीमा १२ हजार ६ सय बढी बोट नष्ट गरिएको उल्लेख गर्नुभयो। त्यसै गरी अवैध लागू औषध सहित १८ जना पक्राउ परेका छन् भने उनीहरु बाट लागू पदार्थ सम्बन्धी सामग्री बरामद गरिएको न्यौपाने ले उल्लेख गर्नुभयो। त्यसै गरी पछिल्लो वर्ष २ सय ७९ वटा मुद्दा दर्ता भएका मध्य १ सय ४९ जना पक्राउ परिसकेको जानकारी गराउँदै लागू औषध सम्बन्धी १४, जबर्जस्ती करणी मुद्दामा १५, आत्महत्या सम्बन्धी ५३ लगायत अन्य ज्यान सम्बन्धी ४७ र फुटकर गरी १९ मुद्धा रहेको उल्लेख गर्नुभयो।

गत आर्थिक वर्षमा ट्राफिक चेकजाँचका क्रममा १९ हजार २ सय ६० सवारी साधनलाई कारवाही स्वरुप १ करोड ४१ लाख राजस्व संकलन गरिएको उल्लेख गर्दै चालू आर्थिक वर्ष मा ३ सय १० सवारीसाधनबाट २ लाख २४ हजार राजस्व संकलन गरिएको बताउनुभयो।

गत वर्ष समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ हजार २ सय ९७ वटा सचेतना कार्यक्रम गरिएको र कार्यक्रम बाट ६२ हजार ६ सय ३५ नागरिक लाभान्वित भएको उल्लेख गर्नुभयो। त्यसै गरी चालू आर्थिक वर्षमा सचेतना सम्बन्धी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ९८ कार्यक्रममा १ हजार ४ सय २१ जना सहभागी लाभान्वित भएको बताउनुभयो। त्यसै गरी प्रहरी हराएका व्यक्तिको खोजी, घरेलु मदिरा नियन्त्रण, अवैध जडिबुटी संकलन नियन्त्रण र मोबाइल तथा अन्य हराएका सामान फेला पार्ने जस्ता समाज मा घटेका विविध घटना जस्ता कार्यमा प्रहरी सक्रिय भएर लागेको एस पी न्यौपानेले उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रहरी प्रमुख एसपी न्यौपानेले समाजमा शान्ति, सुरक्षा, अमन चयन र सामाजिक सद्भाव कायम गर्न र न्यायिक समाज निर्माण को लागि प्रहरी, पत्रकार र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सचेतना फैलाउदै अघि बढ्न जरुरी रहेको बताउनु भयो। त्यसै गरी उहाले आत्महत्याका घटनामा अघिल्ला वर्षको तुलनामा केही न्यूनीकरण देखिएको भए पनि यसको रोकथामका लागि समुदाय स्तरमै तनाव व्यवस्थापन तालिम तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता मा राखिएको र कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो। आत्महत्या सम्बन्धी एघार पालिका मध्य पुतली बजार मा बढी आत्महत्या सम्बन्धी घटना भएको उल्लेख गर्दै न्यूनीकरणको लागि सचेतना सम्बन्धी कार्यक्रम लानी तिब्रता दिने बताउनु भयो। त्यसै गरी अन्य पालिका मा पनि घटना हुन बाट रोक्न प्रहरी ले सचेतना मुलक कार्यक्रम अघि बढाउने बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, पूर्ब जिल्ला अध्यक्ष ओम प्रकाश शर्मा, श्री कृष्ण सिग्देल, जिल्ला सञ्चारिका समुहकी पूर्व संस्थापक अध्यक्ष तथा पूर्व पत्रकार महासंघ स्याङ्जाकी जिल्ला उपाध्यक्ष भवानी अधिकारी लगायत जिल्ला भित्रका सक्रिय पत्रकारहरु लगायत प्रहरीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय