संसदीय समितिद्वारा टियु क्रिकेट मैदानको अनुगमन

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १२, साउन । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको अनुगमन गरेको छ ।

सोमबार समितिका सदस्यहरुले स्थलगत रुपमा निर्माणाधीन टियु क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेको हो । सो क्रममा टियु क्रिकेट मैदानको स्तरोन्नतीको काम सन्तोषजनक देखिएको समिति सभापति ठाकुर गैरेले बताउनुभयो ।

साउन महिनाभरीमा निर्धारित गरिएका कामहरु सकिने गरि काम अघि बढेको पाइएको उहाको भनाइ छ । समिति सभापति गैरेले टियु क्रिकेट मैदानको स्तरोन्नतीका क्रममा देखिएका समस्याका बारेमा समितिमा छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिनुभयो ।

उहाले टियु क्रिकेट मैदानको बाँकी काम सहज रुपमा सम्पन्न गर्न समितिले समेत आवश्यक सहजीकरण गर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय