चोरीका अभियुक्त पुतलीबजार काउले बाट पक्राउ

२०८२ श्रावण १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङजा, १५ साउन । पुतलीबजार नगरपालिका ६ काउले बस्ने २२ वर्षिय तोरण परियारलाई चोरी अभियुक्त भन्दै प्रहरीले पक्राउ गरेको छ।

पुतलीबजार नगरपलिका वडा नम्बर ६ टक्सार काउले स्थित नर बहादुर गुरुङ्गको किराना पसल बाट रियल गोल्ड बियर १७ बोतल, सोफी रक्सी १ कार्टुन, विभिन्न कम्पनीका चुरोट ९ प्याकेट,चाउचाउ २० प्याकेट र ५ केजी कुखुराको मासु चोरी भएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जादा जिल्ला स्याङ्जा पुतलीबजार नगरपलिका वडा नम्बर ६ बाट तोरण परियार लाई पक्राउ गरी नकवजनी चोरी मुद्धामा बिहीबार जिल्ला अदालत बाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय