चोरी भएको भनी झुट्टो निवेदन दिने स्याङ्जाका दुई पक्राउ

२०८२ श्रावण १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा, १८ साउन । स्याङ्जाको आँधिखोला गाउँपालिकामा सुन नगद चोरी भएको भनी झुट्टो निवेदन दिने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आँधिखोला गाउँपालिका १ हिले बस्ने ४१ वर्षीय चन्द्र कुमारी गुरुङ र सोही ठाउँ बस्ने ३८ वर्षीय धनराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

साउन १२ गते बेलुकीको समयमा  आफ्नै घरबाट ७.५ तोला सुनका गर गहनाहरु र नगद चार हजार चोरी भएको भनी प्रहरीलाइ निवेदन दिएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा चोरी भएको भनिएको गरगहना र नगद दुबैकाे मिलिमतोमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

प्रहरीको अनुसन्धान पश्चात उनीहरुले झुट्टा निवेदन दिएको खुल्न आयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय