कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

२०८२ श्रावण १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१९ साउन ।  राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बताउनुभयाे।

साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्न सक्नेछ । आज नभए भोलि (मंगलबार) सम्म नतिजा सार्वजनिक गर्ने अर्यालले बताए । आइतबार पनि बोर्डको बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनबारे ब्रिफिङ गरिएको थियो ।

गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय