स्याङ्जा, १९ साउन । अर्जुनचौपारी गाउँपालिका–२ बासकोटमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले दुर्घटनामा स्थानीय ६२ बर्षका शिल वहादुर कार्कीको मृत्यु भएको बताउनुभयो ।


भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताउनुभयो ।
चौधारीले डुबेकालाई नालीको पानी बन्द गरी हेर्दा कार्की भएको आफ्नै कान्छो भाईबाट पहिचान भएको बताउनुभायो । कार्की नेट तथा केबुलको काम गर्नु भएको थियो ।