काठमाडाै ,२० साउन । गएको चैत १५ गते काठमाडाैमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत पाटनले प्रसाईंलाई हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा ३ लाख र बैंकिङ कसूर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रसाईं धरौटी रकम बुझाएर हिजो डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

