काठमाडौं, २० साउन । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बसुन्धरामा रहेको “एमएन अस्पताल” (MN Hospital) सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “एमएन अस्पताल” बाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५% सम्म छुट प्राप्त गर्ने भएका छन् ।


यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ। बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।