फेरी आन्दोलनको तयारीमा शिक्षक महासंघ

२०८२ श्रावण २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२२ साउन । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ फेरी आन्दोलनको तयारीमा जुटेको छ ।

आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताउनुभयाे ।

उहाँका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।

यता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि छलफल चलिरहेको छ ।

समितिले विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी आज नै बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय