स्याङ्जा ,२२ साउन । स्याङ्जा जिल्ला कालिगण्डकी गाउपालिका ४ का आमा छोरा बेपत्ता भएका छन । बुधबार विहान मेडिकल जान भनि घरबाट निस्किएका आमा छोरा एका एक मेडिकल नगई सेतिवेनि तिर बाटो मोडि बेपता भएका हुन ।
गल्याङ नगरपालिका ५ सेतिवेनि किनारमा आमा छोराले चप्पल जुत्ता मोवाइल र व्याग राखि कालिगण्डकी ४ कि २७ बर्षकि श्यामकला बस्याल र ६ बर्षको छोरा अरपित पाण्डे वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


विहान घरवाट निस्किएका आमा छोरा नफर्किएपछि घरपरिवारले प्रहरी लाई निवेदन दिएका छन । उनि रातो कुर्था खैरो व्याग र खरानी कलरको चप्पल र छोरा लिएर नस्किएकि बस्यालको एकाएक बाटो अन्त्यै मोडेर अहिलेसम्म बेपत्ता भएकि छन ।