आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

२०८२ श्रावण २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२४ साउन। आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड  प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन राखेर तल दिएका मन्त्र उच्चारण गरी सप्तऋषिहरुको स्तुति गरिन्छ ।

त्यसैगरी अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवीत (जनै) र रक्षा सूत्रको पूजा गरिन्छ । पूजा गर्दा तपाईँ देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ ।भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लिपपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ । शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षाबन्धन बाँध्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार