शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको छ : सभापति थापा

२०८२ श्रावण २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२४ साउन। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताउनुभएको हो ।

उहाले शिक्षक महासंघका पदाधिकारीहरुले आफूहरुसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताउनुभयो ।

सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको जानकारी दिनुभयो ।

महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकारनगरेको उहाले बताउनुभयो ।

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरुले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत विदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार