वालिङमा जिप दुर्घटना : घाइतेको विवरण खुल्यो

२०८२ श्रावण २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२४ साउन । वालिङ बाट पर्वत तर्फ जादै गरेको जिप वालिङ नगरपालिका १४ छोरेखर्कमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक देवदह नगरपालिका २ बस्ने बर्ष ३९ को मदन पुरी रहेकाे र उहाँकाे अवस्था सामान्य रहेको छ भने वालिङ नगरपालिका १२ धनमुडाका २२ बर्षका सागर सुनुवार र बर्ष ३८ को अविन गोतामे रहेको प्रहरीले जनाएको छ । दुबैकाे अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनाकाे वालिङको गह्रौ प्राथमिक अस्पतालमा उपचार भैइरहेको छ ।

लु १ च ६२५३ नम्बरको जिप पहिलोपटक उक्त बाटोमा संचालन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । “लामपातेमा आफन्त भेट्न बुटवल तिर बाट आएको भन्ने खबर छ प्रहरी श्रोत भन्यो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय