पूजा खड्का
स्याङ्जा, २ भदाै । पुतलीबजार नगरपालिकाको नगर स्तरीय तिज गित प्रतियोगितामा वडा नम्बर ९ को एकता महिला समुह च्याम्पियन भएको छ। नगर स्तरीय तीज गीत प्रतियोगिता स्याङ्जा सदरमुकाम स्थित सिटी हलमा आईतबार सम्पन्न भएको हो।
तीज गीत प्रतियोगिता पुतलीबजार नगरप्रमुख तुलसी राम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगिता मा पुतलीबजार ९ को एकता महिला समूह उत्कृष्ट बन्न सफल भएको छ भने पुतलीबजार १० को सुम्रेखोला आमा समूह द्धितिय, पुतलीबजार ३ को भैरब कालिका आमा समुह तृतिय र पुतलीबजार १ को माइ स्थान आमा समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्।


तीज गीत प्रतियोगितामा विजयी समुहलाइ बधाई तथा प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको हराउदै गएको मौलिकताको संरक्षण र प्रवर्द्धनमा गम्भीर भएर लाग्नुपर्ने बताउनु भएको थियो। उहाले पुतलीबजार नगरपालिकाले समाजमा देखिएको तडक भडक र देखासिकीको अन्त्य गर्ने उद्देश्यका साथ तीज गीत प्रतियोगिता राखेको बताउनु भयो। नेपालीको पहिचान, कला, संस्कृति को पहिचानको माध्यम नै पर्व रहेको उल्लेख गर्दै मौलिकतामा रहेर संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो।
नगर उपप्रमुख देवि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य अनिता रुचालले स्वागत मन्तव्य राखनु भएको तीज गीत प्रतियोगिताको संचालन शिक्षा शाखाकी शोभा बस्यालले गर्नुभएको उक्त कार्यक्रममा पुतलीबजार नगरपलिका भित्रका १६ टीमको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, पुतलीबजार नगरपालिका विज्ञ संयोजक भरत प्रसाद लम्साल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, नगर कार्यपालिका सदस्य सन्चिता नेपाल अर्याल, नेपाली काङ्ग्रेस नगर सभापति सुरज कुमार अधिकारी, नगर महिला संजाल अध्यक्ष सीता गोदार, एकल महिला सन्जाल अध्यक्ष लक्ष्मी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।