स्याङ्जामा घरकै बाकसमा बालक मृत फेला

२०८२ भाद्र २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२ भदाै । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ द्वार भन्ज्याङमा १३ वर्षीय बालक निसान थापा मृत अवस्थामा फेला परेका छन् । बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत रहेका थिए ।
विद्यालयमा परीक्षा सकेर घर फर्किएका बालक घरमै बहिनीसँगै रहेका थिए । उक्त समयमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । मेलाबाट आमा घर आयपछि घरमा उनलाई नदेखी खोजी कार्य गर्दा घरकै आँटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो ।

घटनाबारे जानकारी प्राप्त भएपछि गएरातिनै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।अहिले प्रहरीले घटनास्थललाई सिलबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय