विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर, ९ भदौ । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।

साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय