चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ३ सय घट्यो

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । सोमबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो । यद्यपि आजको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र हिजो आइतबार प्रतितोला २३५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

चाँदी महँगिदा पनि सुनको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । आजका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय