आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ ।

विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने वियाय रहेको र यसले चुरे संरक्षणमा असर पर्ने भनेर जसपा नेपालले विरोध गर्दै आएको छ ।

जसपा नेपालका नेता दीपक कार्की विरोश प्रदर्शनका लागि यसअघि नै जिल्ला र प्रदेशमा सर्कुलर भएको बताउँछन् । भदौ १५ गतेसम्म प्रदर्शन गरेपछि सरकारले आफूहरूको विरोध सुन्ने विश्वास उनको विश्वास छ । अन्यथा, परिस्थिति बदलित सक्ने उनको चेतावनी छ ।

उनका अनुुसार १५ गतेसम्म प्रदर्शन गर्दा समेत सुनेन भने पनि सडक र सदनमा निरन्तर विरोध अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय