काठमाडौं, ९ भदौ । बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ । सोमबार बिहान १ बजेतिर करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेपको सङ्ख्या १ हजार ९२० थान छ । भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।

