बजेटमा घोषित विभिन्न करका दरमा अर्थको हेरफेर

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । बजेटमा घोषणा गरिएका विभिन्न करका दरमा अर्थ मन्त्रालयले हेरफेर गरेको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थले आर्थिक ऐन अनुसूची ४ को दफा १ खण्ड ‘ग’ मा उल्लेख विलासिता शुल्क दरमा हेरफेर गरेको जनाएको छ ।

यससँगै व्यवसायबाट व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहना बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरिएको छ ।

अर्थले अन्त:शुल्क ऐन २०५८ को अनुसूची अन्तर्गत उपशीर्षक ३९२३.३०.९० अन्तर्गत पर्ने अन्य कार्बोइ, बोतल, फ्लास्क र त्यस्तै सामानको आन्तरिक उत्पादनमा लाग्ने अन्त:शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।

त्यस्तै किसमिस लगायत सुक्खा फल, ग्रेप जुस कन्सेन्ट्रेट वा फ्रुट जुस कन्सन्टे«टबाट स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्त:शुल्कमा समेत ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

उता, भन्सार महसुल ऐन २०८१ को अनुसूची ३ को दरमा हेरफेर गर्दै मन्त्रालयले बाँसको मसला नहालेको सलाई काँटीमा ५ प्रतिशतको सट्टा १५ प्रतिशत महसुल लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय