माहाकाली नदीको मुहान “लिम्पियाधुरा” नै हो, यी हुन् नेपालले दावी प्रस्तुति गर्ने तथ्य–प्रमाणहरु

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

वेलायतदेखि ब्यापारीक उद्धेष्यसँग दक्षिणपूर्र्वी एसिया आएको “ईष्टइण्डिया कम्पनी”ले पारङ्गत युद्धकुशलता र आफ्नो चातुर्यताको कारण हजारौंं स–साना राज्यहरु आफ्नोे अधीनस्थ ल्यायो । त्यसपछि दवावस्वरुप नेपालको स्यूराज र बुटवलको दावी प्रस्तुत गर्याे, दावी युद्धमा परिणत ग¥्यो । जाल, झेल, षड्यन्त्र सबै उपाय प्रयोग गरी युद्धमा हराएर पुर्खाले आर्जन गरेको नेपालको एकतिहाई भूभाग “चालिस हजार वर्गमाइल” जमिन हड्प््यो । जसको पुर्वमा मेचीनदी पूर्वका सुन्दरताले ओतप्रोत पर्यटकीयस्थल सहित टिष्टा नदीसम्मका सम्पूर्ण भूभाग र पश्चिममा माहाकाली नदीपारीका धार्मिक र मनैलोभ््याउने सुन्दरताले ओतप्रोत पर्यटकीयस्थल सहित कांगडा सम्मका सम्पूर्ण भूभाग पर्दथे ।

इष्टइण्डिया कम्पनीले एकतर्फी जबरजस्ती ढङ्गबाट हस्ताक्षर गर्न वाध्यगराएको सुगौली सन्धिको धारा ५ ले “नेपालका राजा र उनका उत्तराधिकारीहरुले काली देखि पश्चिमका प्रदेश र त्याँहाका निवासीहरुसित भविष्यमा पनि कुनै सम्बन्ध राख्न पाउने छैनन्” भनेर नेपाललाई महाकाली पश्चिमका आफ्ना प्रिय जनतासँग सम्बन्ध राख्न समेत बन्देज लगाएको छ । सन्धिका समयदेखि नै इमान्दार र अनुशासित नेपालले आफ्ना तर्फ बाट मित्रताको अवमुल्यन हुन दिएकोछैन । २६ सेप्टेम्बर १७४४ मा नुवाकोट बिजय गरेसँगै थालनी भएको नेपालको एकिकरण अभियान नेपालको इतिहाँसका शीर्षस्थपुरुष पृथ्वीनारायण शाहले वि.सं.१८३१ माघेसंक्रान्तिका दिन ५२ बर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि बुहारी रानी राजेन्द्रलक्ष्मी र कान्छो छोरा बाहादुर शाहले अगाडी बढाइरहे । यिनका पनाती राजा गिर्वाणयुद्धविक्रम शाहका पालामा ७२ बर्ष सम्म निरन्तर चलेको एकिकरण अभियान यस “सुगौलीसन्धि” पछि पूर्णरुपमा रोकियो ।

ईष्टइण्डिया कम्पनीको उपनिवेशबाट पूर्णरुपमा स्वतन्त्र भइसकेपछिको इण्डिया सरकारले उक्त दस्तावेज र अभिलेखहरु हेर्नुपर्छ, अध्ययन गर्नुपर्छ, बुझ्ने कोशिस गर्नुपर्छ, नहेरे वा हेर्ने कोशिस नगरे हामीले देखाउन सक्नुपर्छ । १ फेब्रुअरी १८२७ मा प्रकाशित १ इन्च बराबर ४ माइलको “गढवाल-कुमाउ”नामक नक्सामा उद्गमस्थल लिम्पियाधुरा भएको नदीलाई नै “कालीनदी” भनिएकोछ । पछि प्रकाशन गरेका नक्साहरुमा पनि कालीनदीको मुहान लिम्पियाधुरा नै हो भनी नदी पूर्वका कुटी,नावी, गुञ्जी, कालापानी, नाभिडाङ, लिपुलेक आदि नेपाल भित्रका नै हुन् भनी उल्लेख गरिएको पाइन्छ । भएका तथ्य–प्रमाणहरु संकलन गर्ने हो भने नेपाललाई दावी प्रस्तुतिमा कठिनाई छैन ।

इण्डियाले पछि प्रकाशित नक्सामा कालीनदीलाई यथास्थानमै देखाएपनि नदीको नाम लेखिएको देखिंदैन, बरु सानो खोल्सीलाई कार्टाग्राफिक चिन्हद्धारा सिमानानदी भनेर पूरा कालापानीक्षेत्र भारत तर्फ देखाउन प्रयास गरेको देखिन्छ । इण्डियाले अहिले नयाँ नक्सा बनाएर जताततै फिंजाउनको पछाडि चीन प्रवेशकालागि योे छोटो मार्ग भएकाले पनि हो । लिपुलेकमार्ग आफुलाई प्राप्त गराउन सके, आफ्नो अनेकौं कच्चा पदार्थ र औद्योगिक सामाग्रीहरु सस्तो ढुवानीमा चीनको बजारमा पु¥याउन र ल्याउन सजिलोहुने भएकाले हो । बेलाबखत यस बिषयलाई उचालेर विवाद मच्चाउँदै गरे, यसैका कारणबाट लिपुलेक मार्ग प्राप्त हुनसक्ने आधार बनाउन भारतले कुरा बढ्दैजावस् भन्ने अभिप्रायले स्वार्थवश नयाँ नक्सा प्रकाशित गरेको हुनसक्छ । सुगौली सन्धिका बखत नेपालको ठूलो हिस्साहडपेर बानीबिग्रेको इण्डियालाई यसबाट अझ ३७२ वर्ग किलोमिटर भूभाग, फायदा हुनेदेखिन्छ । तर, कल्पना सहज भने हुँदैन, किनकी यो बिषय प्रमुख मुद्धा बनेर नेपालमा जनस्तरबाट कडारुपमा नाराजुलुस सहित जताततै बिरोध हुनथालेको छ ।

तात्कालीन ईष्टइण्डिया कम्पनीसँग युद्धसामाग्री हातहतियार र सेनाको जत्था ठुलो हुँदापनि युद्धका बखत धेरैपटक घेराउमा परेको र होस गुमाएको थियो । केही प्राविधिक त्रुटीकाकारण युद्ध नेपालले हा¥यो, तर नेपालीको शान र इज्जत भने कम भएको ठानिन्नथ्यो । सुगौली सन्धि भएको निकै पछि एक महत्वपुर्ण कार्यक्रममा ब्रिटिश ईष्टइण्डिया कम्पनीका गवर्नर जनरल लर्ड डलहौजीले भनेका थिए “नेपाल भारतीय राज्यको तुलनामा एक पूर्ण स्वतन्त्र बिदेशी राज्य हो, जो न हाम्रो Tributary हो, न कुनै रुपले हाम्रो Sub-ordinate  हो ।”

नेपाल–भारत धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट नजिक मुलुक भएकाले यसको महत्वलाई जोगाउनु आवश्यक छ । जसका निम्ति भारतले सोच्न जरुरी छ कि ! पौराणिक कालदेखिको हाम्रो आपसी मित्रता साथै स्वतन्त्रता संग्रामहरुमा नेपालीहरुले देखाएको त्याग, योगदान र सहादतपूर्ण बलिदानीका बारेमा । पुनः वर्तमान बिशाल इण्डिया निर्माणमा तत्कालीन ईष्ट इण्डिया कम्पनीको देन रहेको बिषयलाई र नेपाल–ईष्टइण्डिया कम्पनी बीचको सुगौली सन्धि भित्रका भावना समेतलाई सम्मान हुने वातावरण निर्माण गराउँदै अलिकति पनि खलबलिन नदिन हालै प्रकाशन गरेको नयाँ नक्सा संशोधन गरी अनावश्यक विवादहरु पन्छाएर अघि बढ्नु पर्छ । गलत सल्लाहको भरमा परेर विविध असमझदारीका कारण २०७२ को भारतीय–नाकाबन्दीको असरले पारेको खाडल जस्तो नेपाल–भारत सम्बन्धको उचाईलाई फेरि बेहाल र विध्वंश तिर धकेलीन दिनुहुदैन ।

सन्धिमा उल्लेख गरिएका बुँदाहरु प्रति आफ्नो मनबाँधेर अडिग भएर बसेको नेपालले महाकाली पश्चिम हेर्ने मनसाय कहिल्यै बनाएन । छिमेकी मीत्र राष्ट्रले पनि यसलाई डराएर हो भनी, उचालिएर बरालीन खोजीनु हुँदैन, कतै यी लफडाहरुबाट नेपालको अडान धर्मरिन गयो भने, त्यो अनिष्टको दोष इण्डियालाई नै पर्नजानेछ । किनकी, सन् १९०५ मा बिशालकाय सोभियतरुस र सानो मुलूक जापान बीच भएको युद्धमा रुसले नराम्रोसँग पराजय ब्यहोर्नुपरेको थियो, यो दृष्टान्त भुल्न हुँदैन ।

यसरी दुई छिमेकी र अशल मित्रराष्ट्र नेपाल र भारत बीचको आपसी सम्बन्ध, अपनत्व र भाईचारालाई निरन्तर सुदृढ र स्थायी गराउन आपसी वार्ता, विश्वास र समझदारीलाई सँधै कहींकतै अल्मिलिन नदिई प्रगाढ र बिश्वस्त बनाउनुपर्छ, यसैमा हामी सबैको भलाई छ ।

कृष्ण प्रसाद ढकाल
इतिहासविद्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय