हरितालिका तीज : बिहानैदेखि पशुपतिमा श्रद्धालु महिलाहरूको भीड

२०८२ भाद्र १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० भदौ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।

पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।  आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ ।

शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय