रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवस श्रमदान गरि मनाइयो

२०७९ पुष १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १३ पुस । नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम स्थापना दिवस श्रमदान गरेर मनाइएको छ ।

विभिन्न सिलसिलामा देश बाहिर पुगि फर्किएकाहरुको सस्था फेडेरेसनले नुवाकोटको लिखु गाउँपालिका ६ मकैचौरमा संचालित एक कृषी फममा श्रमदान गरेको हो । बुधबार काठमाडौबाट पुगेको ३२ जनाको टोलिले फममा विभिन्न काम गरेर फर्किएको सस्थाका अध्यक्ष चन्द्रबहादुर रोकाहाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे  “वैदेशिक रोजगारीबाट फर्किएकाहरुको कृषि फममा श्रमदान गरेर स्थापना दिवस मनाएका छौ । देशमा गफ गर्ने भन्दा काम गर्ने खाचो छ भन्ने उदाहरण दिन पनि स्थापना दिवस मनाउने शैली नयाँ बनाएका हौ ।”

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर फर्किएका ८२ जनाको लगानीमा ५२ रोपनीमा फैलिएको कृषी फममा श्रमदान गर्न सस्थाका विभिन्न पदाधिकारीहरु पुग्नुभएकाे थियाे । श्रमदान गरेर सस्थाको स्थापना दिवस मनाउने प्रक्रियाले सबैलाई श्रम गर्नुपर्छ भन्ने अवधारणा सिर्जना गर्ने सस्थाका उपाध्यक्ष उत्तम अधिकारीको भनाइ छ । उहाँले सबैलाई श्रममा बिश्वास गर्न पनि आग्रह गर्नुभयाे ।

श्रम गर्न पुग्नु भएकी प्रतिनिधिसभा सदस्य रुकमणी राना (अस्मिता)ले पनि सबै श्रममा बिश्वास गर्नुपर्ने धारणा राख्दै वैदेशिक रोजगारीबाट फर्किनु भएका नेपालीहरुलाई सिपको पहिचान गरि लगानी गर्ने वातावरण सिर्जना गर्न आफू लागी पर्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे “बिदेश पुगेका नेपाली केही सीप र केही पैसा बोकेर नेपाल फर्किनु हुन्छ उहाँहरुले लगानीको सहि माध्यम पहिचान हुन नसक्दा लगानी डुबेको अवस्था पनि छ । अब त्यसो हुन नदिन उहाँहरुलाई नेपालको बस्तु स्थिती बारे जानकारी गराउन रिटर्नी फेडेरेसनले भुमिका खेल्नुपर्ने हुन्छ ।”

सस्थाको स्थापना दिवसमा श्रमदानको गर्ने स्थान आफ्नो फमलाई छनोट गरेकोमा निकैखुसी लागेको नमस्ते नेपाल मल्टीप्रपोज इन्भेस्टमेन्ट कम्पनीका अध्यक्षका रामशरण बानियाँको भनाइ छ । यत्रो समुह फम आउँदा वैदेशिक रोजगारीबाट फर्किए सबै संगै छौ भन्ने अनुभुती भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार