हास्य कलाकार बले’लाई पितृ शोक

२०७९ फाल्गुन २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २३ फागुन। हास्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ । उहाँका पिता लोकगायक राजेन्द्र लम्सालको सोमबार  स्पेनमा नै उपचारका क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार लम्साल लामो समयदेखि स्पेनमा बस्दै आउनुभएको थियो । उहाँ कलेजोको समस्याबाट पीडित हुनुहुन्थ्यो । करिब डेढ वर्ष अगाडि नेपाल आएर उहाँले हिमाल हस्पिटलमा उपचार गराएको बुझिएको छ ।

लम्सालका दुई श्रीमती र चार सन्तान छन् । सागर कान्छीपट्टिका कान्छा छोरा हुनुहुन्छ । उहाँका दाइ अमेरिकामा र बहिनी अष्ट्रेलियामा हुनुहुन्छ। यस्तै जेठी आमापट्टि एक जना भाइ हुनुहुन्छ।

लम्साल पुरानो पुस्ताका लोक गायक हुनुहुन्थ्यो । उहाँले गाएका ‘वालिङ फिरफिरे‘, म्याग्दी खोला किनारै बसेर‘, आमा तिम्रो दूधको धारा कहिले तिरिन्छ‘, सिरमा रिबन सलको पछ्यौरी‘, पारी पर्‍यो भिर साह्रै पर्‍यो पिर‘, लगायतका गीतहरू चर्चित हुनुहुन्थ्यो । उहाँले रेडियो नेपालबाट करिब पाँच दर्जन लोकगीत रेकर्ड गराउनुभएकाे थियाे ।

उहाँले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय