स्याङ्जा, २० चैत । स्याङ्जा सदरमुकामको पुरानो सहकारी रोयल बचत तथा ऋण सकारी संस्थाले आश्रमलाई आर्थिक सहयोग गरेको छ । पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी (गुरुकुल) आश्रमलाई सहकारीले आर्थिक सहयोग गरेको हो ।
‘६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९’ को अवसर पारेर सहकारीले आश्रमलाई नगद सहयोग गरेको सहकारीले जनाएको छ । आर्थिक समस्याले आश्रममा अध्ययनरत विद्यार्थीलाई असहज भएको बेला संस्थाले १८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहकारीका प्रबन्धक शान्ति ढकाल अर्यालले जानकारी दिनुभयाे ।
सहकारी दिवसमा आश्रमलाई सानै सहयोग भएपनि महत्वपूर्ण हुने भएकाले नगद सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सहयोग प्रदान गरेको हो । सहकारीले विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
कक्षा ८ सम्म पठनपाठन हुने (गुरुकुल) आश्रममा १४ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । स्थानीयबासीको सहयोगबाट आश्रम संचालन हुर्दै आएको आश्रम संचालक समितिका सचिव रविन के.सी.ले बताए । झण्डै १२ रोपनी जग्गामा बनेकोको आश्रम करिब १ दर्शकदेखि संचालनमा छ ।
रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहकारीका सचिव प्रकाश डोटेलले गर्नुभएकाे थियाे भने स्वागत संचालक रामप्रसाद लम्सालले गर्नुभएकाे थियाे। आश्रमका बारेमा आश्रमका कार्यबहाक अध्यक्ष चुडामणी शर्माले जानकारी गराउनुभएकाे थियाे ।
२०५६ सालमा स्थापित सहकारीले जिल्लाभर बचत तथा ऋणको कारोबार गर्दै आएको छ । करिब १ हजार ५ सय शेयर सदस्यहरुले कारोबार गर्दै आएको सहकारी जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा संचालन गर्दैै आउनुभएकाे छ ।