गुुरुङ समुुदायमा गाइने ‘सुुनिमाया भाका’ फेदीखोलामा लाेप हुदै

२०८० जेष्ठ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा ,१८ जेठ । गुुरुङ समुदायले गाउने सुनिमाया भाका पछिल्लो समय युवाहरुको रोजाईमा पर्न सकेको छैन । समय परिवर्तन संगै आधुुनिक खालका संगितहरुको प्रभावले लोप हुुदै गएको हो । पुर्खाहरुको पालामा मेला पर्बमा रातभरी जागाराम बसेर गाउघरमा घटेका घटनाहरु संग आधारीत रहेर गाईने भएतापनी पछील्लो नया पुस्तामा सुनिमाया भाका रोजाईमा पर्न सकेको छैन तर फेदीखोला गाउपालीका ४ गलेमका स्थानीय भने यस्ता भाकाको संरक्षणमा अभियान नै सन्चालन गरेका छन ।

नेपाली सकृतिहरु पनि अचम्मका छन । जातजाती अनुुसारको सकृति तथा गितहरु पनि फरक फरक छन । गुरुङ समुुदायमा त्यस्तै गाईने गित हो सुुनिमाया ,केहि बर्ष अगाढी संम मेला पर्बमा गाउले दाजुुभाई एकठाउ भेला भएर गाउ समाजमा घटेका घटनामा आधारीत रहेर सुनिमाया भाकामा गित गाउने प्रचलन थियो तर पछिल्लो समय रोजगारी तथा सुुगम बस्तीमा बसई सर्ने चलन बढेपछी भने पुराना भकाहरु हराउदै जान थालेका छन । स्याङजाको फेदिखोला गाउपालीका ४ गलेमका स्थानीय भने यसको संरक्षणमा गरी अहिलेसम्म सुुनिमाया गित गाउदै आएका छन ।

सुुनिमाया लामो लयमा गाईने ढिलो गीत हो यसमा नाच्न नमिल्ने मादको तालमा दोहोरी गएर रात बिताउने चलन रहेका कारण पनी युुवा पिडिको रोजाईमा पर्न सकेको छैन । रोजगारी तथा सहरीकरण बढेर जान थालेपछी सुुनिमाया गित ओझेलमा परेको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार