अहिलेको चुनाव जस्ले जितेपनी काङ्ग्रेस नै आउने हो : काङ्ग्रेस नेता श्रेष्ठ (भिडियो सहित)

२०७८ आश्विन २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पोखरा २४ असोज । अहिलेको चुनाव काङ्ग्रेस – काङ्ग्रेस भित्रको भएको हुँदा नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन एकताकाे महाधिवेशन बनाउन काङ्ग्रेस नेता गोपालमान श्रेष्ठले आग्रह गर्नुभएको छ ।

पोखरा-स्याङ्जा तरुण सम्पर्क समितिले सनिवार पोखरामा गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेता श्रेष्ठले केन्द्र देखि नै एकताको महाधिवेशन बनाउन पहल भैइरहेको बताउनु भएको हो । नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख तथा पुर्व उपप्रधानमन्त्री श्रेष्ठले अहिले जस्ले जितेपनी काङ्ग्रेसले नै जित्ने भन्दै कम्युनिस्टसंगको चुनाव मात्रै जीतहार हुने तर्क गर्नुभयो ।

क्रियासिल सदस्यता सम्बन्धि विवाद बढ्दै गएका कारण अधिवेशन पछाडी धकेलिदै गएको र उम्मेद्बारको चुनावी खर्च समेत बढेको हुँदा छिटोभन्दा छिटो चुनाव सक्न निर्वाचन समितिलाई आग्रह गर्नुभयो । चौधौं महाधिवेशन पाटी भित्र आन्तरिक भएको हुँदा जो आएपनी काङ्ग्रेस आउने भन्दै कम्युनिस्ट हरुलाई चुनाव जित्ने गरि तयारी गर्न कार्यकर्तालाई श्रेष्ठको आग्रह थियो । यो प्रतिस्पर्धा हामी आपासको हो । कम्युनिस्टलाई जितेपछि चुनाव जितेको ठहर हुने भन्दै मिलाउन नसक्दा कतै ३ त कतै ४ उम्मेदवार बनेर पराजित भएको अवस्था समेत सिर्जना भएको उहाँको भनाइ थियो । “सकिन्छ सहमति गरेर जाउ, सकिदैन स्वच्छ प्रतिस्पर्धा गरेर जाउ ।”

पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका श्रेष्ठले सरकार चलाउन निकै कठिनाइ हुने स्मरण गराउदै सबैलाई समेटेर लैजान खोज्दा मन्त्री परिषदले पुर्णता पाउन ढिलाइ भएको भन्दै ढिलाइ भएपनि समावेशी मन्त्री मण्डल गठन गर्न सफल भएको धारणा राख्नुभयो । अब मन्त्री परिषदले पुर्णता पाएको हुँदा सरकार अब गतिशील बनेको भन्दै अब सरकारले हरेक कुरामा ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

नागरिक सबैलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकार जुटिरहेको भन्दै यतिमात्रले जनताको निराशापन नहट्ने उहाँको धारणा थियो । दुई दुई पटक संविधानको उल्ङघन गरेर संसद विघटन गरेको स्मरण गराउदै केपी ओलिको सरकारबाट आजित परेका जनतालाई मुक्ति दिलाउने जिम्मेवारी नेपाली काङ्ग्रेसमा आएको भन्दै सरकारका मन्त्रीलाई बढी जिम्मेवारी हुन आग्रह गर्नुभयो । “नेपालको अर्थतन्त्र थिलो थिलो परेको अवस्था छ । नेपाली जनताले निकै दुख पाएका छन् ।”

पुर्व शिक्षा मन्त्री समेत रहनु भएका श्रेष्ठले नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने धारणा समेत राख्नुभयो । बिदेश जाने युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्राविधिक बिधालयहरु खोल्न आवश्यक भएको भन्दै देशमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँको तर्क थियो । “युवाहरुलाई दक्ष बनाउ र यहीँ रोजगारी सिर्जना गरौ यदि बिदेश जानै पर्यो भने पनि दक्ष बनाए र पठाउ ।”

ओलि सरकारले गरेको बदमासीलाई सुधार्दै लैजाने पनि यो सरकारको दायित्व भएको भन्दै ओलिले दुई पटकसम्म संविधानलाई मिचेर संसद विघटन गरेको स्मरण गर्दै ओलिले देशलाई अध्यारो युग तिर लैजान लागेको उहाँको तर्क थियो ।

अत्यन्त सुन्दर पोखरा गण्डकी प्रदेशको राजधानी भएकोले स्याङ्जालाई पोखरासङ जोडेर स्याङ्जाको विकास गर्न सकिने धारणा राख्दै स्याङ्जा पोखरा सुरुङ्ग मार्गको सर्बेको लागि बजेट समेत छुट्टीएको कुरा बताउनुभयो । स्याङ्जा बजार र पोखरालाई जोड्ने ७ किलोमीटरको सुरुङ्ग मार्गले गर्दा घण्टौ लाग्ने स्याङ्जा पोखरा २० मिनेटको यात्रा हुने नेता श्रेष्ठले बताउनुभयो । स्याङ्जा पोखरा सुरुङ्गमार्ग एउटा मेरो सपना थियो जुन सपना नयाँ सरकार आए लगत्तै अगाडि बढेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा संविधान सभा तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ, आमन्त्रित केन्द्रिय सदस्य भुमी बहादुर गुरुङ (बिश्व), स्याङ्जा जिल्ला कार्यवाहक सभापति बुद्धीबहादुर राना(कुमार), संविधान सभा सदस्य राजु थापा, गण्डकी प्रदेश सरकारका शिक्षा, सस्कृति , बिज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय