दशै तास र लासको पर्व होइन : चैतन्य कृष्ण (भिडियो सहित)

२०७८ आश्विन २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा २७ असोज । बिजय दशमीलाई तास र लासको पर्व नबनाउन प्रबचक , दार्शनिक,आध्यात्मिक साधक चौतन्या कृष्णले आग्रह गर्नुभएको छ ।

दशैको सामाजिक, धर्मिक,परम्परागत महत्त्व एवम् दशैको नाममा पछिल्लो समय समाजमा बढ्दै गएको बिकृतीको बिसयमा हेर्ने कुरा अनलाइन टेलिभिजनको बिशेष बहसमा कुराकानी गर्दै उहाँले मानिसको लागी मासु सेवान धार्मिक तथा बैज्ञानिक हिसाबले निकै हानिकारक भएको बताउनु भएको छ । ” मासु खाने गरि मानिसको संरचना बनेको हुँदैन त्यसैले मासु शरीरको लागि धार्मिक तथा बैज्ञानिक हिसाबले हानिकारक छ ।” दशैमा देविलाई बलि चाहिन्छ भन्दै पशु बलि दिने परम्परा निकै गलत भएको भन्दै पशु बलि कुनैपनी देवि देवताको लागि हुन नसक्ने उहाँको तर्क छ । देबि देवताको लागि निकै पबित्र चिज मात्रै चडाउन सकिने भन्दै केही टेस्ट समेत नगरिएको रोगी ब्लड भवनलाई नचाहेको उहाँको तर्क छ । “सकिन्छ देबि देवताको लागि पबित्र चिज चडाउ, भवनमा नाममा पशु बलिको आवश्यक छैन ।” ब्राहामणले कुनै पनि हालतमा माम्साहार गर्न नहुने भन्दै अविकसित चेतनाका कारण दशैमा पशुबली प्रथा बढ्दै गएको उहाँको तर्क थियो । “बलि अर्थ उपहार हो त्यसैले भगवानलाई उपहार दिन सकिन्छ तर पशुको रगत होइन ।”

जिवित नारीको पुजा गरिने संसारको एक मात्र धर्म सस्कार हामीमा भएको भन्दै नारी शक्तको संमान स्वरुप पनि दशै पर्वलाई लिन सकिने उहाँको तर्क थियो । “हामीले नारीलाई सधै सम्मान गर्छौ त्यसैले भन्छौं पृथ्वी माता,गौ माता,नेपाल माता,गिता माता, वेद माता, तुलसी माता, त्यसैले हाम्रो मातृ प्रधान सस्कृती हो ।” भगवानको नामको अगाडि सधै नारीको नाम अगाडि आउने भन्दै हिन्दु धर्ममा नारिको सधै संमान गरिएको कुरा दोहोराउनु भयो । हामिले भन्दा सधै “सीता राम, लक्ष्मी नारायण,राधाकृष्ण ,मातृ भुमि , मातृ भाषा जहाँ नारीको नाम अगाडि आउने गर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय