बाल गृहलाई बिदेश बस्नेको आर्थिक सहयोग

२०८० असार १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा, १२ असार । नेपाली महिला समाज कतार र स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिद्वारा बाल गृहमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०८०/०३/१० गते नेपाली महिला समाज कतार र स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार शुक बहादुर के सी तथा हिरा के सीको सहयोग तथा स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा स्याङ्गजा जिल्ला फेदीखोला गाउपालिका १ कट्टूस स्वारा स्थित श्री अमोर सेवा नेपाल (बाल गृह) मा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अमोर सेवा नेपाल (बालगृह) कि अध्यक्ष तथा संचालिका कमला पराजुलीलाई नेपाली महिला समाज कतारको तर्फ बाट रु ७५००० र स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार शुक बहादुर के सी तथा हिरा के सी बाट रु १०११११ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा अमोर सेवा नेपालमा आश्रीत सम्झना गुरुङ को स्वागत मन्तब्यबाट सुरु भइ बाल गायिक अनुस्का गुरुङ तथा लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालको जोडदार सांगीतिक प्रस्तुतिले मनोरञ्जनात्मक भएको थियो ‌। कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक अनन्त कुमार श्रेष्ठ, संस्थाका सल्लाहकार एबम् सहयोगी शुक बहादुर के सि, कार्यक्रमका प्रमुख अतिथी तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अमोर सेवा नेपालकि अध्यक्ष तथा सन्चालिका कमला पराजुलिले संस्थाको समन्वयमा गरिएको सहयोग र सहयोगी सबैलाई धन्यवाद दिँदै मन्तव्य राख्नु भएको थियो ।

नेपालि महिला समाज कतारकी अध्यक्ष तथा स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिकी सल्लाहकार सरिता भण्डारीको अध्यक्षता तथा स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको प्रमुख आतित्थ्यमा संचालन गरिएको कार्यक्रममा स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार सुक बहादुर के सी, समाजसेवी हिरा के सी , सस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक अनन्त कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ , सल्लाहकार मनु क्षेत्री, लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजाल बिशेष आतित्थ्य रहेको थियो। कार्यक्रमको संचालन स्याङ्गजा सहयोग समाजका केन्द्रिय सदस्य तथा कार्यालय ब्यवस्थापक चिरञ्जीवी ढकालले गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै मन्तव्य राख्ने क्रममा नेपाली महिला समाज कतारकी अध्यक्ष एबम कार्यक्रमको अध्यक्ष सरिता भण्डारिले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आग्रह र समन्वयमा एक कार्यक्रम बनाइ विभिन्न सहयोगी र आफ्नो नेतृत्वमा रहेको कार्यसमितिको अथक प्रयासमा आर्थिक सहयोग संकलन गरि यसरि बाल गृहमा जोडिएर सहयोग गर्न पाउँदा निकै खुशी भएको कुरा व्यक्त गर्दै सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय