वालिङमा सर्पले टोक्दा एक घाइते

२०८० श्रावण १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १२ साउन । स्याङ्जाको वालिङ नगरपालिका १४ बस्ने एक पुरुषलाई सर्पले टोक्दा घाइते भएका छन् ।

 वालिङ नगरपालिका १४ मनिखोला बस्ने ८० वर्षीय बेन बहादुर कुँवरलाई बुधबार बेलुका सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दीनुभयाे ।

खेतमा पानी लगाउने क्रममा नाम नखुलेको सर्पले दाईने खुट्टाको बुढी औँलामा डस्दा घाइते भएका कुँबरको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय