स्याङ्जाकाे पुतलीबजारमा आँखा पाक्ने राेगबाट सामुदायिक तथा सस्थागत बिधालयहरु ,४ दिन बन्द

२०८० श्रावण २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा, २६साउन । स्याङ्जाको पुतलीबजारमा आखा पाक्ने रोग फैलिएपछि सामुदायिक तथा सस्थागत बिधालयहरु बन्द गरेको छ । आखा पाक्ने सरुवा रोगको सङ्क्रमण तिव्र गतिमा फैलिए पछि चार दिनका लागि विद्यालय बन्द गरिएको हो ।

आइतबारबाट शुरु भएको विद्यालय आगामी बुधबारसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने निमित्त प्रमुख प्रसाकिय अधिकृत बाबुराम बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार आखा पाक्ने सरुवा रोगको संक्रमण तिव्र गतिमा फैलिएको छ । यश नगरपालिका क्षेत्रभित्र पनि तिव्र रुपमा यश रोग संक्रमण फैलिएको हुनाले सङकमण फैलिन नदिन संक्रमणको चक्रलाई छुटाउन तथा बिधार्थिहरु र शिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको छ । बर्षे तथा हिउँदे विदाबाट मिलान हुने गरि साउनमा २८ देखि साउन ३१ गते सम्म बिधालयहरु बन्द हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय