मर्स्याङ्दी नदीमा बस खस्दा चालक बेपत्ता

२०८० भाद्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लमजुङ,१७ भदौ । मर्स्याङ्दी गाउँपालिकामा नदीमा बस खस्दा चालक बेपत्ता भएका छन्। शनिबार मध्यराति चितवनको भरतपुर महानगरपालिका– १३ घर भई हाल मर्स्याङ्दी गाउँपालिका– ७ ङादी बस्दै आएका ४० वर्षीय खेमबहादुर भुजेल बेपत्ता हुनुभएको हो।

खुदी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्माले बेँसीसहरबाट शनिबार यात्रु लिएर गएको ध.१ख ३७२ नम्बरको बस बाटोमा बिग्रिएकाले मर्मत गरी राति ङादीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताउनुभयो।

बस मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राति साढे १२ बजेतिर बस सडकबाट करिब १५–२० मिटर तल खसेर मर्स्याङ्दीमा अधिकांश भाग डुबेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार