मृगौला प्रत्याराेपणमा उत्कृष्ट बन्दै सुमेरु हस्पिटल (भिडियो सहित)

२०८० आश्विन ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ९ असोज । ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले गत बुधबार मृगौला रोग लागेर प्रत्यारोपण गर्न पर्ने अवस्थामा पुगेका दुई बिमारीका परिवारका सदस्यबीचमा मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको हो ।

नेपालमा वर्षेनी मिगौैला रोगीको संख्या बढ्दै गएको छ । तथ्यांकअनुसार औसत कुल जनसंख्याको १० प्रतिशत मानिसहरुमा मिर्गौला रोग सम्बन्धी समस्या देखिने गरेको छ भने त्यसमध्ये तीनहजार मानिसको मिर्गौला प्रत्येक वर्ष काम नलाग्ने वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको हुन्छ । मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन, २०५५ को व्यवस्था अनुसार पछिल्लो समयमा नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्प्तालहरुले बिमारीहरुको परिवारबीचमा मिर्गौला साटफेर गरेर पनि प्रत्यारोपण गर्ने अभ्यास गर्दै आएका छन् । सोही अनुसार सुमेरु अस्पतालले पनि बिमारीका दुई परिवारका सदस्यबाट मिर्गौला साटफेर गरेर प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको अस्पतालका मिर्गौला ट्रान्सप्लान्ट तथा वरिष्ठ युरोलोजिष्ट डा. विजयमानसिंह कटवालले बताउनुभयो ।

डा. कटवालका अनुसार सो प्रत्यारोपण नेवार समुदाय र लिम्बु समुदायको परिवारबीचमा भएको हो । आफ्नै परिवारका सदस्यबीचमा मिर्गौला साटफेर गर्न रगतको समूहमा देखिने समस्यालाई अन्तर बिमारीको परिवारका सदस्यबाट पूर्ति हुन सक्ने उहाँको भनाइ थियो । मृगौला ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. कटवालको नेतृत्वमा सिनियर सर्जन डा. डिभि कार्की, डा. किरणप्रसाद श्रेष्ठ, डा. जियाउल हक, नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललितकुमार यादव, डा. सुमित आचार्य, डा. महालक्ष्मी देउजा, डा. एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतको टिम उक्त प्रत्यारोपणमा सहभागी भएको अस्पतालले जनाएको छ ।

डा. कटवालका अनुसार एकैपटक ४ जनाको अप्रेसन गर्नुपर्ने सो प्रत्यारोपणमा २८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । अहिलेसम्म १९ वटा मिर्गौला प्रत्यारोपण गरेको सुमेरु अस्पतालको यो महत्वपूर्ण सफलता रहेको उहाँको भनाइ थियो ।  दाताको अभावमा अधिकांश मिर्गौला सम्बन्धी रोगीहरु प्रत्यारोपणबाट बञ्चित हुँदै आएका छन् । तर, बिमारीका परिवारबीचमा सहमति हुन सकेमा दुई बिमारीका परिवारका सदस्यले पनि साटफेर गरेर प्रत्यारोपण गर्न सकिने कानूनी व्यवस्थाले केही सहज बनाएको चिकित्सकको भनाइ छ ।

सुमेरु अस्पतालमा साढे १० लाग्छ प्रत्यारोपण खर्च
सुमेरु अस्पतालमा अघिल्लो अनुसन्धान प्रकृया बाहेक साढे १० लाख रुपैयाँ खर्चमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । डा. कटवालका अनुसार सम्पूर्ण औषधी सहित, अप्रेसन शुल्क र ७ दिनको अस्पताल बेड चार्ज सहित सम्पूर्ण प्याकेज खर्च सोही शुल्कमा समावेश हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय