वैदेशिक रोजगारीबाट फर्किएका सुरक्षागार्ड र सवारी चालकमा मृगौला रोगको उच्च जोखिम

२०८० आश्विन २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौ, २२ असोज । वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया र खाडी मुलुकबाट फर्किएका नेपाली कामदारमा मृगौला (किडनी)सम्बन्धी समस्याका बढ्दो रुपमा देखिएको छ ।

बेलायतस्थित बर्नमव विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थाहरुसित समन्वयगरि धनुषा जिल्लाको लक्ष्मीनिया गाउंपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडीका मुलुक र मलेशियामा कार्यरत नेपालीहरूमा मृगौलाको खतरा बढी देखाएको हो ।

एक वर्षभित्र खाडीका ६ मुलुक (कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन) र मलेशियामा काम गरी नेपाल फर्किएका ७१८ जना पुरुष र स्थानीय ७२० जना (३७० पुरुष र ३४१ महिला) बीच तुलना गर्दा यस्तो तथ्यांक आएको अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार विदेश नगएका पुरुष र महिलाहरुभन्दा पूर्व आप्रवासीहरुमा बढी समस्या देखिएको छ । यो परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी त्यसमा उमेर र लिङ्गलाई समायोजन गरी मृगौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दा घट्दो दरले मृगौलाको कार्य क्षमतामा कमी आएको उल्लेख गरेको छ । यस्तै मृगौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा कति भन्ने अध्ययनमा आप्रवासीहरुभन्दा गैर आप्रवासीहरुमा बढी देखिएको छ । खासगरी गैर आप्रवासी महिलाहरुमा यो समस्या बढी देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीहरु बीच गरिएको यस पहिलो अध्ययनले खाडी मुलुक र मलेशियाबाट फर्किएका नेपाली आप्रवासीहरुमा स्थानीय गैरअप्रवासीहरुको तुलनामा उच्चरक्तचाप ९ आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी १९.४ प्रतिशत, मधुमेह (आप्रवासी ७.४ प्रतिशत, गैरआप्रवासी ४.७ प्रतिशत) र बढीतील वा मोटोपन ९आप्रवासी ६७.४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत को जोखिम निकै बढी रहेको देखिएको छ । गैर आप्रवासी पुरुषहरूमा मात्र हेर्ने हो भने पनि उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन क्रमशः २१.८, ५,९ र ३९.४ प्रतिशतमा देखिएको छ । जीवनशैलीसम्बन्धी अन्य कारकतत्वहरु जस्तै रक्सीसेवन, धूमपान, सूर्तीसेवन भने गैरअप्रवासीहरु पुरुषहरुमा बढी देखिएको अध्यनले देखाएको छ ।

अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेशियामा कार्यरत थिए भने दुईतिहाईभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए । सहभागी आप्रवासीहरुले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको र ३०.९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा लिने नगरेको उल्लेख गरेको छ । यस्तै २५.८ प्रतिशतले शारीरिकरूपले भारी र लगभग आधा सहभागीले (४५.५ प्रतिशत) गर्मीमा काम गर्नुपरेको उल्लेख गरिएको छ ।

अध्ययनमा उल्लेख भए अनुसार करिव ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको पाइएको छ । अध्ययन नतिजामा विदेशमा लामो समय काम गरेका र विशेषतः सुरक्षागार्ड र सवारीचालकहरुमा मृगौला रोगको समस्या बढी देखिएको छ । यस्तै बाहिर काम गर्ने, गर्मीमा काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरुमा पनि मृगौला रोगको जोखिम बढी देखिएको छ ।

यस अध्ययनले खाडीमुलुक र मलेशियामा कार्यरत नेपाली आप्रवासीहरुमा मृगौला रोगको अवस्थाको बारेमा प्रारम्भिक वैज्ञानिक तथ्यांक दिएपनि पटक पटक सहभागीहरुको तथ्यांक लिएर लामो समयसम्म गरिने अध्ययनले अझ विस्तृत र कारकतत्वहरुको वैज्ञानिक पहिचान गर्न थप सहयोग पुग्ने जनाएको छ । आप्रवासीहरुमा उच्चरक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकोले ती देशहरुमै यससम्बन्धी संचेतना जगाउन आवश्यक देखिएको सुझाव समेत पेस गरिएको छ । नेपाली दूतावास र आप्रवासीहरुको हकहितको लागि काम गर्ने संघसंस्थाहरुले यसमा पहल गर्न आवश्यक देखिएको अध्ययनमा उल्लेख छ ।

बनमथ विश्वविद्यालय र ग्रिनतारा नेपालले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोग भएको अध्ययनमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश प्रदेश जनकपुर, संयुक्तराष्ट्र संघ अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)र बेलायतकै युनिभर्सिटी कलेज लण्डन युसिएलले प्राविधिक र वैज्ञानिक सहयोगमा अध्यन भएको थियो । अध्यनको लागी वनमथ युनिवर्सिटी, यूएस तर्फबाट प्रमोदराज रेग्मी वनमथ युनिवर्सिटी, यूके तर्फबाट डा।निर्मल अर्या , प्रा डा एडविन भान तेजलिंज बिनमथ यूनिवर्सिटी, यूएस, प्रा डा अरुण सेढाई मृगौला रोग विशेषज्ञ, नेशनल एकाडेमी अफ मेडिकल साइन्स, वीर अस्पताल, डा।राधेश्यामकृष्ण केसी अन्तर्राष्ट्रीय आगमी संगठन (आईओएम), डा। श्रवणकुमार मिश्र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश प्रदेश, जनकपुरको सहभागितामा अध्ययन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय