एनआरएनएमा स्याङ्जाली उम्मेदवार जिताउने अभियान

२०८० आश्विन ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली संघ एनआरएनएको आज देखि सुरु भएको ११ औं महाधिवेशनमा स्याङ्जा जिल्ला वासी उम्मेदवार लाई जिताउने अभियान चलेको छ ।

स्याङ्जा जिल्ला घर भैइ एनआरएनएको विभिन्न पदमा उम्मेदवार बन्नु भएकाहरुलाई जिताउनको लागि स्याङ्जा जिल्ला केन्द्रित विभिन्न संघसंस्थाले सक्रियता देखाएका छन् । स्याङ्जा जिल्लावासी एक हौ जिल्लावासी उम्मेदवार जिताउ भन्ने उदेश्यका साथ यस्तो अभियान संचालन गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत सोमबार बालुवाटारको नेपाल हाउसमा एक सयुक्त कार्यक्रमको आयोजना गरिएको थियाे । स्याङ्जा जिल्ला घर भैइ विभिन्न सिलसिलामा बिदेशमा रहनु भएकाहरुलाई एकीकृत गरि करिब ४० देशमा आफ्नो शाखा विस्तार गरेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती र स्याङ्जा जिल्ला घर भैइ विभिन्न ठाउँमा रहेर पत्रकारितामा सक्रियता रहनु भएकाहरूकाे सस्था स्याङ्जा पत्रकार समाज,नेपालको सयुक्त आयोजनामा उम्मेदवार बीच एक औपचारिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्याङ्जा पत्रकार समाज,नेपालका अध्यक्ष इन्द्रबहादुर रिजालले स्याङ्जा जिल्लावासी उम्मेदवारलाई जिताउन सबै आ-आफ्नो स्थानबाट लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “हरेक क्षेत्रमा अब्बल बन्दै गएका जिल्लावासी एनआरएनको नेतृत्वमा पनि अब्बल स्थापित हुनेछन्,त्यसैले बिग्रदै गएको सस्थाको छबीलाई सुधार गर्नको लागि स्याङ्जा जिल्लावासी उम्मेदवार नेतृत्वमा पुग्नुपर्छ ।” उहाँले सबै मिलेर एक पटकलाई स्याङ्जा जिल्ला वासीलाई नेतृत्व सुम्पन पनि आग्रह गर्नुभयो ।

उपाध्यक्षका उम्मेदवार शशीकान्त पौडेलले सामाजिक क्षेत्रको लामो अनुभवलाई सामाजिक क्षेत्रमा लगाउनको लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको धारणा राख्नुभयो । जिल्लावासिको यो सदासयतले मन छोएको भन्दै आगामी दिनमा पनि यो सद्भाव कायम रहने धारणा राख्नुभयो ।

उपाध्यक्षका अर्का उम्मेदवार जेदुनाथ पोख्रेलले बिदेशमा पनि नेपाल र नेपालीको पहिचान स्थपित गर्ने कार्यमा स्याङ्जा जिल्लावासीहरुको एक्यवद्धता महत्त्वपूर्ण रहेको भन्दै सम्पुर्ण जिल्लावासीलाई धन्यवाद दिनुभयो ।

महिला उपाध्यक्ष उम्मेदवार यसमिन वेगम सैयदले जिल्लावासीको यो अभियानले साच्चिकै जिल्ला र जिल्लावासी प्रति अझै भाव जागेर आएको धारणा राख्नुभयो । महिला सौभाग्यको प्रशङ्ग जोड्दै पाल्पामा जन्मिए स्याङ्जाको बुहारी बन्न पाउदा यो अवसर प्राप्त भएको भन्दै दुई जिल्लावासी हुने अवसर महिलाले मात्रै पाउने धारणा राख्नुभयो ।

महासचिव पदका उम्मेदवार बुद्धि सागर सुवेदीले जिल्लावासिको यो भावना साच्चिकै प्रेरणादायी भएको भन्दै जहाँ बसेपनी जिल्लावासी एक भएको सन्देश प्रवाह भैइरहेको धारणा राख्नुभयो ।

त्यस्तै युरोप महिला संयोजक उम्मेदवार गिता खनाल थापाले जिल्लावासीको यो प्रेमले साच्चिकै उर्जा प्राप्त भएको धारणा राख्नुभयो । उहाँले यो प्रेम सधै कायम राख्न आफू लागि परिरहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्याङ्जा श्रष्ठा सदनका महासचिव घनश्याम रिजालले स्याङ्जा जिल्लावासीहरु एनआरएनको निर्वाचनमा विजय प्राप्त गर्न सबै आ आफ्नो स्थानबाट लाग्नुपर्ने धारणा राख्दै स्याङ्जा जिल्लावासी कलाकारहरुको सस्था पनि यो अभियानमा लागेको धारणा राख्नुभयो ।

स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीका सल्लाहकार तथा स्याङ्जा पत्रकार समाजका कोषाध्यक्ष भूपराज बस्यालले गर्नुभएको थियो ।

एनआरएनको निर्वाचनमा स्याङ्जा जिल्लावासी शशीकान्त पौडेलले उपाध्यक्ष पदमा, जेदुनाथ पोख्रेलले उपाध्यक्ष पदमा, यासमिन वेगम सैयदले महिला उपाध्यक्षमा,बुद्धि सागर सुवेदीलेले महासचिव पदमा, रमेश श्रेष्ठले मध्य पुर्व संयोजकमा, गिता खनाल थापाले युरोप महिला संयोजक र सरिता भण्डारी पौडेलले मध्य पुर्व महिला उपसंयोजका उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार