कालीगण्डकीमा बच्चा बगेपछि,बचाउन परिवारका ४ सदस्यले हाम फाले,१ को मृत्यु

२०८० कार्तिक १७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, १७ कार्तिक । पर्वत जिल्लाको बिहादी गाउँपालिका ६ गब्राङ् बाट सेतिबेनीमा कालीगण्डकी नदि नुहाउन गएका एकै परिवारका ४ जनालाई कालीगण्डकी नदिले बगाउँदा १ जनाको मृत्यु भएको छ ।

तीन जिल्लाको संगमस्थल सेतिबेनी सिला दर्शन गर्ने क्रममा बच्चालाई नदिले बगाएपछि बच्चालाई उद्दार गर्न जादा २५ बर्षिया आमा रितु भट्टराईको मृत्यु भएको छ भने ४ बर्षिया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिनुुभयो ।

बच्चालाई नदिले बगाए लगत्तै उद्दार गर्न पुगेकी आमाको घटना स्थलमै मृत्यु भएको थियो भने बच्चाका बुवा र बच्चाका सानी आमालाई तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ । बच्चाका बुबा र सानीआमाको अवस्था सामान्य छ भने बच्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चालाई उपचारको लागि पाल्पा पठाइएको छ । घटना शुक्रबार बिहान करिब ९स्३० बाजेको आसपासमा घटेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय