वैदेशिक अध्ययनमा २३ अर्ब भन्दा बढी रकम बाहिरियो

२०८० कार्तिक २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ कार्तिक । चालु आर्थिक वर्षको तीन महिनामा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो ।

गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैया बाहिरिएको तथ्यांक छ ।

आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार