सुरज चापागाईं
बुटवल मंसिर ४ । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटनामा परेका छन्। देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चाेकमा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। देवकोटाको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए।
शंकरनगरका स्थायी बासिन्दा देवकोटा सवार मोटरसाईकललाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। घटनामा अर्की एक महिलाको पनि ज्यान गएको छ।
स्थानीयका अनुसार लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको मेला तर्फ जादै गरेका देवकोटासंगै अर्की एक महिलाको समेत घटनास्थलमा ज्यान गएको छ। मृतक महिला को हुन भन्ने अझै खुली सकेको छैन्।
देवकोटाले चलाएको मोटरसाईकलमा सवार दुवै जनाको टाउकोबाट टक चढेको प्रत्यक्षदर्शीले बताए। प्रत्यक्षदर्शीका अनुसार दुवै जनाको टाउको क्षतबिक्षत भएको छ।
ट्रकको ठक्करले सडक पछारीएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो। मृतकहरु दुवैको सब मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्टिय सहकारी बैकका सन्चालक थिए। बिभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत थिए।