युएईको फुजेराहमा ई_पासपोर्ट नविकरण घुम्ती शिविर आयोजना

२०८० पुष १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुबई , १९ पुस । संयुक्त अरब ईमिरेट्स (युएई)को फुजेराह राज्यमा आगामी जनवरी १४ तारिक आईतवारका दिन ई_पासपोर्ट नविकरण घुम्ती शिविर आयोजना हुने भएको छ । नेपाल एसोसिएसन युएईले नेपाली दुतावासको सहकार्यमा उक्त क्षेत्रमा ई(राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको हो ।

फुजेराह राज्य युएईको राजधानी आबुधावीबाट झन्डै ३ सय किलोमिटर टाढा उत्तर पूर्वी क्षेत्रमा पर्छ । श्रमिकलाई दुतावास आउन र सेवा लिन असहज हुने भएकाले नेपाल एसोसिएसन युएईको सहयोगमा घुम्ती टोली मार्फत सेवा प्रदान गर्न लागिएको नेपाल एसोसिएसनका उपाध्यक्ष फडिन्द्र ढकालले बताए ।


घुम्ती शिविरमा सेवा लिन पहिले नै फारम भरेर आबश्यक कागजात सहित सक्कल पास्पोर्ट लिएर उपस्थित हुनु पर्नेछ । फुजेराह राज्यमा १० हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार