कांग्रेसका ४,३१९ महाधिवेशन प्रतिनिधिको लिस्ट सार्वजनिक (नामावलीसहित)

२०७८ मंसिर २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २२ मङ्सिर । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ ।

उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम आज साँझसम्म आइपुग्ने उहाँले बताउनुभयो । यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत् सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।

 

हेर्नुहाेस् सूची 

mahadibesan pratinidhi

https://hernekura.com/wp-content/uploads/2021/12/mahadibesan-pratinidhi.pdf

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय