दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते , दुईको अवस्था गम्भीर

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनगढी,५ माघ। दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय