गण्डकीका मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्यका उम्मेदवार

२०७८ मंसिर २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने हुनुभएको छ। उहाँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पोखरेल त्यसैको तयारीका लागि २ दिन अघि नै काठमाडौँ आइसक्नुभएको छ। पार्टीभित्र महामन्त्री डा। शशांक कोइरालानिकट मानिने उनी देउवा पक्षको बहुमत हुँदाहुँदै गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो ।

शालिन स्वभावका पोखरेल निष्ठाको राजनीति गर्ने नेताका रूपमा चिनिनुहुन्छ । उहाँ अहिले नेताहरूसँग आन्तरिक भेटघाटमा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय