लुम्बिनी प्रदेशमा प्रारम्भिक मतपरिणाम आउन सुरु

२०८० माघ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देशी, ११ माघ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ । पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।

त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार