काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जग्गा हडप्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्ने बताउनुभएकाे छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनुभयाे ।
बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उहाँले भन्नुभयाे, ‘जो सुकै होस् । जति शक्तिशाली होस् । राजनीतिक होस् कि आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ?
सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने उहाँले बताउनुभयाे । ‘आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउन छ,’ कानुनी कारबाहीको दायरामा आउनु पर्दैन रु कानुनले कारबाही गर्नु पदैन ?