अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको छ : अर्थमन्त्री महत

२०८० फाल्गुन १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउनुभएको छ ।

१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले राजस्व बढेको, आर्थिक गतिविधी चलाउनमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउनुभएको हो ।

उहाले आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि बिभिन्न शीर्षकमा अप्रयाप्त रहेको धारणा राख्नुभयो । स्रोतविना यसअघि सरकारले गरेका बिभिन्न योजना र कार्यक्रममा ल्याएकाले स्रोत व्यवस्थापन गर्न कठिन भएको उहाले बताउनुभयो ।

मन्त्री महतले आगामी दिनमा राजस्व र आन्तरिक तथा बाह्य लगानी वढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महतले रेडियोलाई रोयल्टीको जरिवाना वापतको रकम छुट दिनका लागि निर्णय भइसकेको बताउनुभयो । ‘रेडियो सूचना शिक्षा र मनोरञ्जनको एक शताब्दी’ भन्ने नाराका साथ विश्व रेडियो दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय