पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ फागुन। पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागु हुनेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय